नेकपा एस कञ्चनपुरको १५१ सदस्यीय जिल्ला कमिटी घोषणा

कञ्चनपुर, ११ कार्तिक- नेकपा एकीकृत समाजवादी कञ्चनपुरले जिल्ला कमिटी घोषणा गरेको छ। जीवनराज थापाको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो।

पार्टी कार्यालय उदघाटन पछि महेन्द्रनगरको मुमताज पार्टी प्यालेसमा पार्टीका केन्द्रिय अध्यक्ष माधव नेपालले जिल्ला कमिटी पदाधिकारीलाई सपथ खुवाएका छन्।

समाजवादी जिल्ला कमिटीको उपाध्यक्षमा रविन्द्र कुवंर, पूर्णा गुरुङ्ग सचिवमा हरकसिंह धामी, आरपि सार्की, उप–सचिवमा राजेन्द्र पाण्डेय र लाल बहादुर शाही रहेका छन्। जिल्लाका बिभिन्न स्थान १ सय ४४ सदस्यहरु रहेका छन्।

जिल्ला कमिटीको पदाधिकारीमा भीमदत्त नगरपालिकाका दुई जनप्रतिनिधीपनि छन्। भीमदत्त नगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरकसिंह धामी र वडा नम्बर १८ का राजेन्द्र पाण्डेय छन्। पदाधिकारीमा भीमदत्त र पूनर्वासको दबदबा छ। सात सदस्यीय पदाधिकारीमा अध्यक्ष थापा सहित ३ पूर्नवास, ३ भीमदत्तबाट प्रतिनिधित्व छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...