मनसुन सक्रिय, आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेकाले देशभर मौसम बदली भएको हो। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि पानी परिरहेको छ।

Navadurga sun

महाशाखाले सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश तथा ती प्रदेशका तराईका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...