कञ्चनपुरको कृष्णपुरमा माओबादी केन्द्रको नगरकमिटीको पार्टी कार्यालय उद्घाटन, ३३ जना माओबादी प्रबेश 

कञ्चनपुर, ८ कार्तिक- कञ्चनपुरको कृष्णपुरमा नेपाल कम्युिनस्ट पार्टी (माओबादी केन्द्र) को नगरकमिटीको पार्टी कार्यालय उद्घाटन गरिएकाे छ । कन्चनपुरको कृष्णपुरमा पार्टीको नगरकमिटीको पार्टी कार्यालय उदघाटन गर्दै नेकपा माओबादीका सुदुरपश्चिम इन्चार्ज खगराज भट्टले अहिलेका सबै राजनितिक परिबर्तन माओबादीले ल्याएको बताएका छन ।

इन्चार्ज भट्टले संघियता, समाबेशीता, धर्म निरपिक्षेता माओबादीको एजेन्डा भएकाे बताए ।यो पुराना शाशकहरुलाई मन परेको बताउँदै त्यसैले अहिले केही पूर्व सचिबहरु माओबादी सकिए मात्रै देश बन्ने बताउँदै आएका छन ।

Navadurga sun

माओबादीको नेत्रित्व मात्रै सरकार बने अहिलेको परिबर्तन संस्थागत हुने भट्टले बताए । एमाले काँग्रेसको नेत्रित्वमा देश अगाडी बढन नसक्ने उनको जिकिर रहेको छ । उनले माओबादी धर्मको बिरोधी नभएको समेत बताए ।

‘अहिले सबैले आ-आफ्नो धर्म मानेको छन, माओबादी शान्ती प्रकृयामा आएपछि क- कसको घरमा पूजा रोकिएको छ र?,’ भट्टले प्रश्न गरे,’ काँग्रेस एमालेले माओबादीलाई धर्म बिरोधी भनेर कु प्रचार गरेका छन ।’ भट्टले माओबादी पनि अली अली बिग्रेको भएपनी अब सच्चिएर अगाडी बढने बताए । ‘हाम्रो पार्टीमा अरु पार्टीको जस्तो नेत्रित्वको बिबाद छैन,’ भट्टले भने,’ हाम्रो निती पनि प्रचन्ड हो ,नेत्रित्व पनि प्रचन्ड हो।’

त्यसैगरी पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस छोडेर ३३ जना माओबादी प्रबेश गरेका छन । कांग्रेस नेता बलराम पन्त लगायतका माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पन्त नेपाली कांग्रेस कञ्चनपुरका आमन्त्रित जिल्ला सदस्य हुन् । पार्टी प्रबेश गर्नेहरुलाई इन्चार्ज भट्टले टिका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा माओबादी पार्टी सुदूरपश्चिमका सह–इन्चार्ज देबीलाल चौधरी, पार्टी अध्यक्ष शरद सिं भन्डारी, प्रदेश सांसद महेश जोशी लगायतको उपस्थिती रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...