डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा मीना अर्याल

डडेल्धुरा- गृह मन्त्रालयले डडेल्धुराको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव मीना अर्याललाई सरुवा गरेको छ। सहसचिवस्तरको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा मन्त्रालयले पुनः उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो।

शुक्रबारको मन्त्रालयको निर्णयअनुसार अर्याललाई डडेल्धुरा पठाइएको हो।उनी यसअघि तेह्रथुमकी प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिइन्।

Navadurga sun

डडेल्धुराका तत्कालीन प्रमुख जिल्ला अधिकारी सहसचिव विष्णुप्रसाद कोइरालाको करिब पाँच महिनामै सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय करिब दुई महिना प्रमुख जिल्ला अधिकारीविहीन बनेको थियो।

त्यसपछि जेठ २७ गते सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत उपसचिव अमरबहादुर वलीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको थियो। उनले त्यसयता जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्दै आएका थिए।

मीना अर्याल प्रमुख जिल्ला अधिकारीका रूपमा आएपछि वली पुनः सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामा फर्किने भएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...