सक्रिय वायुप्रणालीको प्रभाव: देशभर बदली, वर्षा र हिमपातको सम्भावना

नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको संयुक्त प्रभाव सक्रिय रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदली तथा वर्षाको अवस्था देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Navadurga sun

महाशाखाले आज सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। विशेषगरी हिमाली तथा पहाडी भू–भागमा बादल लाग्ने र केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसममा आएको परिवर्तनका कारण वर्षा, चट्याङ तथा हिमपातबाट हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...