अवैध संरचना हटाउन धनगढी उपमहानगरको ७ दिने अल्टिमेटम

धनगढी- धनगढी उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानलाई पुनः तीव्र बनाउँदै वडा नम्बर ८ स्थित सेतो पुल नजिक सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाले बुधवार जारी गरेको सूचनाअनुसार वडा नं. ८ को मुख्य सडक क्षेत्रमा पर्ने कित्ता नम्बर ६५ को १३,६४५.२५ वर्गमिटर जग्गा (साविक त्रिनगर २ क को कित्ता नं. २३२ र २३४) मा नेपाल सरकारको अनुमति बिना भौतिक संरचना निर्माण गरिएको उल्लेख गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा हस्ताक्षरित सूचनामा उक्त स्थानमा रहेका अतिक्रमित संरचनाहरू सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफैं हटाउन निर्देशन दिइएको छ ।

उपमहानगरपालिकाले तोकिएको अवधिभित्र संरचना नहटाइए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार डोजर प्रयोग गरी संरचना हटाइने र कानुनी कारबाहीसमेत गरिने चेतावनी दिएको छ ।

मेयर गोपाल हमाल को नेतृत्वमा सञ्चालन भइरहेको अतिक्रमण हटाउने अभियानअन्तर्गत यसअघि पनि नगर क्षेत्रभित्रका सार्वजनिक जग्गा, सडक किनारा तथा तालतलैया खाली गराइएको उपमहानगरपालिकाले जनाएको छ ।

यस अभियानका लागि जिल्ला प्रशासन कार्यालय कैलाली, सम्बन्धित वडा कार्यालय तथा नगर प्रहरी बलसँग आवश्यक समन्वयसमेत गरिएको बताइएको छ।

Loading...