कैलालीमा २७ वर्षपछि फरार प्रतिवादी पक्राउ

अत्तरिया- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोस्ट ओलानीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–११ ओलानीका ५९ वर्षीय काले कामीलाई पक्राउ गरेको हो।

Navadurga sun

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार जग्गा विवादका क्रममा भएको हत्या घटनामा दोषी ठहर भएका कामीलाई बुधबार नियन्त्रणमा लिइएको हो।

अदालतले ११ असार २०५६ मा भएको उक्त घटनामा उनलाई कैद सजाय सुनाएको थियो। फरार रहेका कामीलाई गोदावरी नगरपालिका–११ स्थित गौडी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत कैलालीमा पेश गरिएको छ।

प्रहरी अनुसन्धानका क्रममा कामी लामो समयदेखि मुम्बई मा बस्दै आएको खुलेको छ। घटना पश्चात फरार रहेका उनलाई २७ वर्षपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...