सुदूरपश्चिममा १३ लाख बढी पाठ्यपुस्तक वितरण, वैशाख १५ भित्र सबैलाई पुग्ने

धनगढी- जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा नयाँ शैक्षिकसत्र २०८३ का लागि हालसम्म १३ लाख ३९ हजार ३९८ थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ।

कार्यालय प्रमुख निर्मलकुमार यादवका अनुसार उक्त पाठ्यपुस्तक बिक्रीबाट १८ करोड ३१ लाख ८९ हजार ४९४ रुपैयाँ बराबरको कारोबार भएको छ। उनका अनुसार पाठ्यपुस्तक वितरण कार्य अन्तिम चरणमा पुगेको छ।

Navadurga sun

“पहाडी जिल्लामा करिब ८५ प्रतिशत तथा कैलाली र कञ्चनपुरमा ७० प्रतिशतसम्म पाठ्यपुस्तक पुगिसकेका छन्,” उनले भने, “वैशाख १५ गतेभित्र सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्नेछ।”

केन्द्रले यस वर्ष करिब १७ लाख थान पाठ्यपुस्तक वितरण गर्ने लक्ष्य लिएको छ। चैत १६ गतेबाट वितरण सुरु गरिएको र पहिलो चरणमा विकट जिल्ला बाजुरा र दार्चुलामा ढुवानी गरिएको जानकारी दिइएको छ।

गत शैक्षिकसत्र २०८२ मा केन्द्रले सुदूरपश्चिममा १६ लाख २९ हजार ३ सय ६३ थान पाठ्यपुस्तक बिक्री गरेको थियो, जसबाट २१ करोड ९३ लाख ७३ हजार ४९४ रुपैयाँ बराबरको कारोबार भएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...