पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ- नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकको मौसममा मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादलको लुकामारी चलिरहेको छ भने तराईका जिल्लाहरूमा टन्टलापुर घामसँगै गर्मी बढ्न थालेको छ।

Dadeldhura hospital

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ। गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा त मेघगर्जनचट्याङसहित हल्का वर्षा समेत भइरहेको छ। अन्य पहाडी भेगमा आंशिक बादल लागे पनि तराई क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहेको देखिन्छ।

Navadurga sun
Godawari sandesh

मौसम विज्ञान विभागले शुक्रबारको पूर्वानुमान जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। यी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुने देखिन्छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा समेत हल्का हिमपातको प्रक्षेपण गरिएको छ।

पहाडमा वर्षाको सम्भावना रहँदा तराई र भित्री मधेसमा भने गर्मीको राप बढ्ने सङ्केत छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेकाले तापक्रम बढ्दा जनजीवन प्रभावित हुन सक्ने देखिन्छ। 

Loading...