सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजना: गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

धनगढी- सुदूरपश्चिम प्रदेश सरकार ले दोस्रो पञ्चवर्षीय योजना (२०८३/०८४–२०८७/०८८) को मस्यौदा तयार गर्दै प्रदेशवासीको गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य अघि सारेको छ।

शनिबार धनगढी मा प्रदेश नीति तथा योजना आयोग को आयोजनामा उक्त मस्यौदामाथि प्रदेश सभाका सदस्यहरूको सुझाव संकलन गरिएको थियो।

Navadurga sun

योजनामा उत्पादन र उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, गुणस्तरीय पूर्वाधार विकास, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार, जलवायु अनुकूलन, जैविक विविधता संरक्षण तथा सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य राखिएको छ।

कृषि, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, सामाजिक विकास र वातावरणलाई प्राथमिकता दिँदै दिगो आर्थिक वृद्धि हासिल गर्ने रणनीति समेटिएको छ।

कार्यक्रममा प्रदेश सभाका सदस्यहरूले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन, बजेट प्रभावकारी रूपमा विनियोजन गर्न र योजनाको कार्यान्वयन सुदृढ बनाउन सुझाव दिएका थिए।

कार्यशालामा कमलबहादुर शाह को अध्यक्षता रहेको थियो। उनले पारदर्शिता कायम गर्न मन्त्री, सांसद तथा कर्मचारीहरूको भ्रमण आदेश सार्वजनिक गर्न निर्देशन दिँदै प्रदेशको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। साथै स्वास्थ्य क्षेत्रका संरचनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न समेत उनले जोड दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...