शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामी बढ्दो

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै गएको देखिएको छ।

Ganyapdhura gau

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्षमा १२ महिला र ४५ पुरुष गरी ५७ जनामा फोक्सोसम्बन्धी क्षयरोग पुष्टि भएको थियो । साथै, अन्य अङ्गमा क्षयरोग देखिएका २० बिरामीको उपचार गरिएको थियो।

Navadurga sun
Dadhaldhura pur

स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार सोही अवधिमा ११ जनामा उपचारपछि पुनः रोग बल्झिएको थियो। चालु आर्थिक वर्षमा हालसम्म फोक्सोको क्षयरोगबाट २९ जना (८ महिला र २१ पुरुष) उपचाररत छन् भने अन्य अङ्गमा संक्रमण भएका १३ जना (३ महिला र १० पुरुष) उपचारमा छन्। पाँच जनामा पुनः रोग देखिएको छ।

उनका अनुसार क्षयरोग ‘माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस’ नामक जीवाणुबाट हुने सङ्क्रामक रोग हो, जुन हावामार्फत सर्छ। संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा निस्कने सूक्ष्म किटाणुबाट यो रोग फैलिन्छ।

नगरपालिकाले बन्साह, पिताम्बर, झलारी, पिपलाडी र वनसमिति गरी पाँच स्थानमा डट्स केन्द्र सञ्चालन गरेको छ। ती केन्द्रबाट स्वास्थ्यकर्मीको निगरानीमा निःशुल्क औषधि वितरण, खकार परीक्षण तथा उपचार सेवा प्रदान गरिँदै आएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...