अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा शिवराज भट्ट नियुक्त भएका छन् । उनले प्रदेश प्रमुख नजिर मियाँ समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।



नेपाली कांग्रेसका तर्फबाट बैतडी प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टलाई मुख्यमन्त्री कमल शाह ले मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि लामो समयदेखि रिक्त रहेको उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफैंसँग राख्दै आएका थिए ।


यस अघि कानुन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका भट्टले सपथपछि उद्योग तथा पर्यटन प्रवर्द्धन, वन संरक्षण र वातावरणीय सन्तुलनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारका अनुसार अब मन्त्रालयको काममा तीव्रता आउने अपेक्षा गरिएको छ।





