कैलाली बहुमुखी क्याम्पसका प्रमुख बिष्ट विरुद्ध अख्तियारमा उजुरी

धनगढी- कैलाली बहुमुखी क्याम्पसका प्रमुख लोकराज बिष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
क्याम्पसका केही प्राध्यापकहरूले क्याम्पस प्रमुख बिष्टले पदको दुरुपयोग गर्दै मनोमानी निर्णय गरेको आरोप लगाएका छन्। 
उजुरीमा राजनीतिक प्रभावका आधारमा क्याम्पस प्रमुख बनेका बिष्टले आफ्नो अधिकारको दुरुपयोग गरेको उल्लेख गरिएको छ।
विशेषगरी, सहायक क्याम्पस प्रमुख नियुक्तिमा नियम मिचिएको आरोप लगाइएको छ।

Dadeldhura hospital

सुदूरपश्चिम विश्वविद्यालयको निर्णयअनुसार ‘ए’ ग्रेडमा रहेको क्याम्पसमा दुई जना मात्रै सहायक क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि बिष्टले तीन जनालाई उक्त पदमा नियुक्त गरेको आरोप छ।

Navadurga sun
Godawari sandesh

उजुरीअनुसार क्रमसंख्या २० मा रहेका सहप्राध्यापक मोहनसिंह साउँद, क्रमसंख्या २१ मा रहेका सहप्राध्यापक शिवप्रसाद सापकोटा र क्रमसंख्या ४५ मा रहेका उपप्राध्यापक धनश्याम भट्टलाई सहायक क्याम्पस प्रमुख बनाइएको छ।

यस क्रममा शैक्षिक योग्यता र वरिष्ठताको बेवास्ता गरिएको तथा जुनियरलाई प्राथमिकता दिइएको आरोपसमेत लगाइएको छ।
उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक छानबिन अघि बढाउने जनाइएको छ।

Loading...