सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयको १५औँ वार्षिक उत्सव सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका २ मा रहेको सुदूरपश्चिम समावेशी आधारभूत विद्यालय, कैलालीको १५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस चैत्र १५ गते संस्थाकै प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रम माननीय प्रकाश बमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने अध्यक्षता विद्यालयकी अध्यक्ष विष्णा देवी बोहराले गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा माननीय तुलसी देवकोटा, माननीय नृप सुनार, प्राध्यापक डा. हेमराज पन्त र डा. डम्बर पाललगायतको उपस्थिति रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष मानबहादुर साउदले गर्नुभयो भने विद्यालयकी प्रधानाध्यापक देवी साउदले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो।

 

Dadeldhura hospital

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय प्रकाश बमले अपाङ्गता कुनै पुनर्जन्मको पाप नभई प्राकृतिक तथा सामयिक कारणले हुने अवस्था भएको उल्लेख गर्नुभयो। अपाङ्ग विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिरहेकोमा विद्यालयलाई धन्यवाद दिँदै उहाँले आफ्नो हैसियतअनुसार छिट्टै नगद तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले विद्यालयका विद्यार्थीहरूको सेवा–सुविधा अझ विस्तार गर्नुपर्ने र त्यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो। साथै, यस क्षेत्रका अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूलाई खोजी–खोजी विद्यालयमा ल्याई निस्वार्थ भावनाका साथ सेवा गर्नुपर्नेमा जोड दिनुभयो।

हाल विद्यालयमा ८३ जना विद्यार्थी र १७ जना कर्मचारी कार्यरत रहेका छन्। यस विद्यालयमा विशेषगरी अपाङ्गता भएका विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिँदै आएको छ।

वक्ताहरूले विद्यालयले समयअनुसार आधुनिक प्रविधिको पर्याप्त प्रयोग गर्न नसकेको उल्लेख गर्दै यसको सुधारका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए। उनीहरूले शिक्षक-शिक्षिकाहरूले अपाङ्ग विद्यार्थीहरूको शिक्षा र सेवामा निरन्तर मेहनत गरिरहेको पनि प्रशंसा गरे।

Loading...