सुदूरपश्चिममा सुरक्षा निकाय हाई अलर्टमा

धनगढी- देशमा नयाँ सरकार गठन तथा पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशमा सुरक्षा सतर्कता उच्च पारिएको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार प्रदेशका सम्पूर्ण सुरक्षा निकायलाई हाई अलर्टमा बस्न सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी प्रमुखसहित सबै प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको छ भने सबैलाई स्ट्यान्डबाई अवस्थामा बस्न निर्देशन दिइएको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै हुल तथा दंगा व्यवस्थापनसम्बन्धी अभ्यासहरू सञ्चालन गर्नसमेत भनिएको छ।

Navadurga sun

यो कदम विशेषगरी केपी शर्मा ओलीरमेश लेखक पक्राउ परेपछि सम्भावित विरोध प्रदर्शन र आन्दोलन हुन सक्ने आकलनका आधारमा चालिएको हो। पक्राउको विरोधमा विभिन्न कार्यक्रम हुन सक्ने सुरक्षा निकायको अनुमान छ।

यसैबीच, वालेन्द्र शाह ले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। सरकारले जेन–जी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन तुरुन्त कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ।

सुरक्षा निकायका अनुसार प्रदेशभर कुनै पनि अप्रिय घटना हुन नदिन विशेष निगरानी बढाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...