कैलालीमा बस दुर्घटना: १७ जना घाइते, एकको अवस्था गम्भीर

धनगढी- कैलालीमा भएको बस दुर्घटनाका घाइतेको परिचय खुलेको छ । घोडाघोडी नगरपालिका–१ डोडापुल नजिक शनिबार साँझ बस दुर्घटना हुँदा एक पैदल यात्री र अन्य १६ जना घाइते भएका थिए ।

बैतडी जिल्लाको पाटन नगरपालिका–४ घर भएका ४५ वर्षीय भुपेन्द्रसिंह बिष्टले चलाएको सु.प्र.०२००४ ख १३०१ नम्बरको बसले घोडाघोडी–१ कौवा बस्ने करिब ६५ वर्षीय भक्त बटालालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Navadurga sun

घाइतेमध्ये पैदलयात्री बटलालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको छ ।

यस्तै बसमा सवार दार्चुलाको महाकाली नगरपालिका–५ की २१ वर्षीया पशुपती बम, महाकाली नगरपालिका–१ का ३२ वर्षीय दीपेन्द्रसिंह बोहरा, लेकम गाउँपालिका–१ का २९ वर्षीय रुपेश बिष्ट, नौगाड गाउँपालिका–६ का ३३ वर्षीय हरदीपसिंह ठगुन्ना र दुहुँ गाउँपालिका–२ का १९ वर्षीय मनिष बडाल घाइते भएका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका–६ का २८ वर्षीय हरि पन्त, सिगास गाउँपालिका–२ का २० वर्षीय विजय बिक, ललितपुर महानगरपालिका–२४ का ३० वर्षीय अभिषेक अधिकारी, पाटन नगरपालिका–६ का ४९ वर्षीय सुरेन्द्रसिंह बिष्ट, दशरथचन्द नगरपालिका–११ का धनसिंह भण्डारी, दार्चुलाकै ३५ वर्षीया मञ्जु लोधवाल, रुपन्देहीकी २१ वर्षीया मनिका खत्री, १८ वर्षीया अन्जना विक, बैतडीको सिगास गाउँपालिका–२ की सङ्गीता घतानी, ललितपुर महानगरपालिका–२४ का २९ वर्षीय महेन्द्र घिमिरे र दार्चुलाका २५ वर्षीय बिरेन्द्रसिंह लोधवाल पनि घाइते छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...