बर्दगोरिया गाउँपालिका मा ६ नदीमा तटबन्ध निर्माण सुरु, कटान नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

कैलाली- कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध निर्माण सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षमा विनियोजित रु एक करोड ३० लाख बजेटमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्ने उद्देश्यले तटबन्ध निर्माण सुरु भएको हो।

बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारको लगानीमा बर्दगोरियाका विभिन्न स्थानका छ वटा नदी तथा खोलामा तटबन्ध निर्माण भइरहेको भू तथा जलाधार कार्यालय कैलालीले जनाएको छ। 

Navadurga sun

कार्यालयका इन्जिनियर ताराप्रसाद भट्टका अनुसार उपभोक्ता समितिमार्फत तटबन्ध निर्माण सुरु भएको हो। बर्दगोरिया-४ स्थित कुवाघाटकाँडा नदीमा रु ४० लाखमा ठेक्का लगाई काम सुरु गरिएको इन्जिनियर भट्टले जानकारी दिए। 

उनका अनुसार वडा नं ४ स्थित टुन्द्रा क्षेत्रमा भूक्षय नियन्त्रणका लागि रु १० लाख, वडा नं ६ मा रहेको सुवरखालकाँडा नदीमा रु ३० लाख, वडा नं ६ घैला नदीमा रु १५ लाख, वडा नं २ स्थित पथहरिया नदीको कटान नियन्त्रणका लागि रु १५ लाख र वडा नं ५ मा रहेको पथरैया नदीको कटान नियन्त्रणका लागि रु २० को लागतमा उपभोक्ता समितिमार्फत तटबन्धनको काम सुरु भएको छ।

बर्दगोरियाका छवटै नदी तथा खोलामा चालु आर्थिक वर्षको असारमसान्तसम्ममा काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको कार्यालयले जनाएको छ। वर्षायाममा ती नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा तटबन्धनले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। छवटै नदीबाट हुने सम्भावित क्षति रोक्न तटबन्धन निर्माण प्रभावकारी हुने जनाइएको छ। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...