बैतडीमा ट्रक दुर्घटना, ४ जना घाइते

Dadeldhura hospital

बैतडी- बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। जयपृथ्वी राजमार्गको झ्याउलेक मोडमा नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक शुक्रबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका चारै जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Loading...