सुदूरपश्चिममा १ सय ४४ उम्मेदवारको धरौटी जफत

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा गरी १ सय ४४ जना उम्मेदवारको धरौटी जफत भएको छ। निर्वाचन आयोगको प्रावधानअनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ।

निर्वाचन परिणामअनुसार प्रदेशभर सबैभन्दा धेरै उम्मेदवारको धरौटी कैलालीमा जफत भएको छ भने सबैभन्दा कम बझाङमा भएको देखिएको छ। तथ्यांकअनुसार कैलालीमा ३ लाख ५ हजार १ सय २२ मत खसेकामा ५५ जना उम्मेदवारको धरौटी जफत भएको हो। त्यस्तै कञ्चनपुरमा १ लाख ८४ हजार ३ सय १६ मत खसेकामा ४० जना उम्मेदवारको धरौटी जफत भएको छ।

Navadurga sun

त्यसैगरी अछाममा ६४ हजार ७ सय ८० मत खसेकामा ९ जनाको, डोटीमा ५२ हजार ४ सय ८५ मत खसेकामा ५ जनाको, बाजुरामा ४६ हजार २ सय ३२ मत खसेकामा ५ जनाको धरौटी जफत भएको छ। यस्तै बैतडीमा ७३ हजार १ सय ४८ मत खसेकामा ७ जनाको, दार्चुलामा ४९ हजार ९ सय ६८ मत खसेकामा ७ जनाको, डडेल्धुरामा ४५ हजार ९ सय ९ मत खसेकामा १० जनाको तथा बझाङमा ५२ हजार २ सय १७ मत खसेकामा ३ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन परिणामले देखाएको छ।

प्रदेशभर ठूला दल बाहेक साना दल तथा स्वतन्त्र उम्मेदवारले आवश्यक १० प्रतिशत मत प्राप्त गर्न नसक्दा ठूलो संख्यामा उम्मेदवारको धरौटी जफत भएको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...