बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडी- बैतडीको सिगासमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बझाङको बित्थडचीर गाउँपालिका–९ भतडा स्थायी घर भइ सिगास गाउँपालिका ७ सल्याडी बस्दै आएका मुकेश रावलकी श्रीमती ३२ वर्षीया सरस्वती रावलको बिहीबार बिहान भीरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए। रावलको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...