अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २, तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरी ले सोही वडामा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक तथा दैनिक उपयोगका सामग्रीहरू हस्तान्तरण गरेको छ।


बिहीबार आयोजित कार्यक्रममा प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिल बहादुर राना ले विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिस्नादेवी बोहरा र प्रधानाध्यापक देवी साउँदलाई कापी, कलम, झोला, भाँडाकुँडा लगायतका सामग्रीहरू हस्तान्तरण गरेका हुन्।



महाविद्यालयका उप प्राचार्य नरेन्द्र ऐर ले आगामी दिनमा पनि विद्यालयसँग निरन्तर समन्वय कायम रहने बताएका छन्। प्रधानाध्यापक देवी साउँदले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यसले विद्यालय सञ्चालनमा ठूलो राहत पुगेको बताए।
सैनिक महाविद्यालयले समैजी किचेन सप, श्री माङ्गलाशैनी निर्माण सेवा प्रालि, र फिटनेश प्लानेट जिम एण्ड जुम्बासँगको सहकार्यमा सहयोग हस्तान्तरण गरेको हो। कार्यक्रममा दुवै विद्यालयका शिक्षक र विद्यार्थीहरूले अन्तरक्रिया पनि गरेका थिए। साथै, फागुन महिनामा जन्मेका सैनिक महाविद्यालयका विद्यार्थीहरूको जन्मदिन केक काटेर मनाइएको थियो।
सुप समावेशी विद्यालयमा अपाङ्गता भएका ८१ जना बालबालिका आवासीय रूपमा अध्ययनरत छन्।





