पूर्वराजा शाहको सन्देशले उठायो नयाँ बहस

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुक पूर्ण रूपमा चुनावमय बनेको छ। निर्वाचन आउन अब ११ दिन मात्र बाँकी रहँदा सरकार, राजनीतिक दल र निर्वाचन आयोग तयारीलाई अन्तिम चरणमा पुर्‍याएका छन्। मतदातालाई सहज वातावरणमा मतदान गराउने उद्देश्यले सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ।

यही बीच पूर्वराजा ज्ञानेन्द्र शाह ले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशले नयाँ राजनीतिक बहस सिर्जना गरेको छ। उनले राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय सहमति बिना निर्वाचनमा जानु उपयुक्त नहुने धारणा राख्दै चुनाव सार्नुपर्ने संकेत गरेका छन्। उनका अनुसार आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि यसले मात्र सबै समस्या समाधान नगर्ने बताएका छन्।

Navadurga sun

पूर्वराजाको अभिव्यक्तिपछि केही वृत्तमा चुनाव हुने–नहुनेबारे प्रश्न उठे पनि सरकार भने निर्वाचन कुनै हालतमा नरोकिने अडानमा छ। दलहरू चुनावी अभियानमा सक्रिय छन् भने सुरक्षा निकाय पनि परिचालित भइसकेका छन्। यस्तो अवस्थामा निर्वाचन रोक्ने सम्भावना न्यून देखिए पनि पूर्वराजाको धारणा राजनीतिक रूपमा अर्थपूर्ण बहसको विषय बनेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...