गोदावरीमा दुई मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

अत्तरिया- कैलालीको गोदावरीमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

Dadeldhura hospital

भिमदत्त राजमार्ग अन्तरगत गोदावरी- ४ स्थित वनदेवी मन्दिरनजिक गोदावरीबाट अत्तरियातर्फ आउँदै गरेको गोदावरी- १ विजयनगरका अन्दाजी २१ वर्षीय हरिश विकले चलाएको सुप प्र ०१००९ प ७७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको धनगढी- २ का हरिष ओलीले चलाएको ०१००१० प ३१८७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

दुर्घटनामा विक र ओलीसहित मोटरसाइलमा सवार अन्दाजी २५ वर्षीय योगेन्द्र शाहको उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मोटरसाइकलमा सवार गोदावरी- ६ का अन्दाजी २३ वर्षीय जीवन पाठकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...