कैलालीमा कार्यसम्पादन मूल्याङ्कन: गोदावरी नगरपालिका पहिलो

अत्तरिया- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा कैलालीका स्थानीय तहहरूबीच प्रतिस्पर्धा देखिएको छ। आयोगको विवरण अनुसार गोदावरी नगरपालिका ६३.३३ अङ्कसहित पहिलो स्थानमा रहेको छ भने जानकी गाउँपालिका ६२.०३ अङ्कसहित दोस्रो स्थानमा परेको छ।

मूल्याङ्कनमा मध्यम अङ्क प्राप्त गर्ने स्थानीय तहहरूमा लम्किचुहा नगरपालिका (५६.८७), धनगढी उपमहानगरपालिका (५६.६०) र गौरीगङ्गा नगरपालिका (५६.२६) रहेका छन्। त्यस्तै मोहन्याल गाउँपालिका ले ५४.५५, बर्दगोरिया गाउँपालिका ले ५२.७२ र घोडाघोडी नगरपालिका ले ५१.७३ अङ्क प्राप्त गरेका छन्।

Navadurga sun

यसैगरी, चुरे गाउँपालिका ले ५१.९४, भजनी नगरपालिका ले ५०.१४, जोशीपुर गाउँपालिका ले ४९.५० र टिकापुर नगरपालिका ले ४६.७० अङ्क प्राप्त गरेका छन्। सबैभन्दा कम अङ्क कैलारी गाउँपालिका ले ४४.१९ मात्र पाएको छ।

आयोगले १७ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गरेको जनाएको छ। यस मूल्याङ्कनले स्थानीय तहको सुशासन, सेवा प्रवाह, योजना कार्यान्वयन र वित्तीय व्यवस्थापनको समग्र अवस्थालाई प्रतिबिम्बित गर्ने विश्वास गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...