


धनगढी- कैलालीका २ जना लागूऔषधसहित पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ९ बाङग्राकटानबाट २१० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित कैलारी गाउँपालिका–९ बस्ने २३ वर्षीय उदिप रानालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो । रानालाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।


यस्तै बर्दगोरीया गाउँपालिका–४ मुडा बजारबाट ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बर्दगोरीया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् । किशोरलाई मंगलवार साँझ इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

