अत्तरियामा अन्तरविद्यालय म्युजिकल ड्रिल सम्पन्न, सत्यवती एकेडेमी प्रथम

अत्तरिया‍- अत्तरिया स्थित किड्स जोन एकेडेमीले सहिद दिवसको अवसरमा अन्तरविद्यालयस्तरीय म्युजिकल ड्रिल प्रतियोगिता आयोजना गरेको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा अत्तरिया क्षेत्रका १० वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Dadeldhura hospital

देशभक्ति गीतको तालमा प्रस्तुत गरिएको ड्रिल तथा नृत्यमार्फत विद्यार्थीहरूले अनुशासन, सहकार्य र राष्ट्रप्रेमको सन्देश दिएका थिए । प्रतियोगितामा सत्यवती एकेडेमी प्रथम, खप्तड विद्या निकेतन दोस्रो र लोटस आई माध्यमिक विद्यालय तेस्रो भएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रथम हुने सत्यवती एकेडेमीले नगद १० हजार रुपैयाँ, दोस्रो खप्तड विद्या निकेतनले ६ हजार रुपैयाँ र तेस्रो लोटस आई माविले ४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

किड्स जोन एकेडेमीका सञ्चालक मदन जोशीका अनुसार विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र राष्ट्रप्रेमको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आयोजक किड्स जोन एकेडेमी प्रतियोगितामा स्वयं सहभागी थिएन ।

Loading...