सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले लिने !

धनगढी, २२ असाेज– सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने गरी छलफल सुरू भएको छ। संघीय सरकारको सत्ता गठबन्धनमा रहेका दलबीच कांग्रेसले सुदूरपश्चिम र नेकपा (एकीकृत समाजवादी)ले प्रदेश नम्बर १ तथा बागमती प्रदेश सरकारको नेतृत्व गर्ने समझदारी भएको कांग्रेस सुदूरपश्चिमका एक नेताले बताए।

सुदूरपश्चिममा अहिले नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ। कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रणबहादुर रावलले वर्तमान सरकारले काम गर्न नसकेकाले नेतृत्व फेरबदल गर्नुपर्ने बताए। केन्द्रमा छलफल भइरहेको र सुदूरपश्चिम सरकारबारे गठबन्धनले गरेको निर्णय नै कार्यान्वयन हुने उनको भनाइ छ। उनले प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिने सम्भावना रहेको बताए।

Navadurga sun

रावलका अनुसार केन्द्रमा मन्त्रिपरिषद् बिस्तार भएलगत्तै सुदूरपश्चिम, बागमती र प्रदेश १ को सरकार परिवर्तन र सत्ता साझेदारीको कुरा ठोस रुपमा अगाडि बढ्ने छ। अहिले कर्णाली र लुम्बिनीमा नेकपा (मोओवादी केन्द्र) नेतृत्वको सरकार छ। गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार छ। प्रदेश २ मा संघीय समाजवादीको सरकार छ।

सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई दुई प्रदेशको नेतृत्व गर्ने समझदारीले केन्द्र सरकार गठनको कामले पूर्णता पाएसँगै अगाडि बढ्ने समझदारी सत्ता गठबन्धनभित्र भएको सुदूरपश्चिमका कांग्रेस नेताहरु बताउँछन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...