बहुबिवाह र किर्ते मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ

कञ्चनपुर- बहुबिवाह र किर्ते मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले किर्ते मुद्दामा १५ हजार जरिवाना तोकिएपछि फरार रहेका शुक्लाफाँटा नगरपालिका–९ झलारी बस्ने ४८ वर्षीय मान बहादुर कुँवर पक्राउ परेका हुन्।

यस्तै बहुबिवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएको पुनर्वास नगरपालिका–७ पुनर्वास बस्ने ३८ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका हुन्। कुँवर र चौधरी दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...