देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज सातै प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा पूर्णतया बादल लाग्नेछ भने बाँकी पहाडी तथा तराई भूभागमा साधारणतया बादल लाग्नेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले हिमपात र वर्षाका कारण चिसो बढ्न सक्ने तथा उच्च पहाडी क्षेत्रमा दैनिक जनजीवन, यातायात र हवाई सेवामा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Loading...