सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, भोली मतदान

धनगढी- भोली हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ। अस्थायी राजधानी धनगढीस्थित राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान बुथ निर्माण गरिएको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशका ५३ प्रदेशसभा सदस्यमध्ये ५१ जनाले मतदान गर्नेछन्। प्रदेशसभा सदस्य दीर्घ सोडारी भ्रष्टाचार काण्डमा निलम्बनमा रहेकाले र प्रदेशसभा सदस्य डा. तारा जोशी प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएकाले मतदानमा सहभागी नहुने भएका छन्।

Navadurga sun

त्यसैगरी सुदूरपश्चिमका ८८ स्थानीय तहका १७६ प्रमुख–उपप्रमुखमध्ये १७३ जनाले मात्रै मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए। उनका अनुसार मतदान समय भोली बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा २ पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसका तर्फबाट बाजुराका खम्मबहादुर खाती उम्मेदवार रहेका छन्। उनी पूर्व महान्यायाधिवक्ता हुन्। नेकपा एमालेका तर्फबाट कैलालीकी लिला भण्डारी उम्मेदवार बनेकी छन्। उनी पार्टीको केन्द्रीय कमिटी सदस्य हुन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेदवार बनाएको छ। सुनार पूर्व एकीकृत समाजवादीकी हुन् भने जैशी पूर्व माओवादीका हुन्।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन रहेकाले यी दुई दलका उम्मेदवार विजयी हुने सम्भावना बलियो देखिएको छ। यसअघि तत्कालीन नेकपाबाट निर्वाचित शारदा भट्ट र तारामान स्वारको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...