सुदूरपश्चिममा ६ महिनामा १०१ जनाको ज्यान गयो

धनगढी- सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सवारी दुर्घटनाका कारण १०१ जनाले ज्यान गुमाएका छन्। साउनदेखि पुस मसान्तसम्म प्रदेशभर ६७४ वटा सवारी दुर्घटना भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

उक्त अवधिमा ६६० जना गम्भीर र ५२८ जना सामान्य घाइते भएका छन्। दुर्घटना न्यूनीकरणका लागि सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध कडाइ गर्दै १९ हजार ५६३ सवारी साधनमाथि कारबाही गरिएको छ, जसबाट १ करोड ५२ लाख ७७ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको छ।

Navadurga sun

मादक पदार्थ सेवन गरी सवारी चलाउने कसुरमा ४०४ जनामाथि कारबाही हुँदा ४ लाख १४ हजार रुपैयाँ राजस्व उठेको छ। ट्राफिक प्रहरीले २७५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ५४ हजार २८० जना लाभान्वित भएका छन्।

प्रदेशभर दुर्घटना बढी हुने ४७ स्थानलाई ‘ब्ल्याक स्पट’का रूपमा पहिचान गरी सूचना बोर्ड राखिएको छ। कार्यालयले सडक सुरक्षा थप प्रभावकारी बनाउने कार्य निरन्तर जारी रहने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...