सत्यवती एकेडेमीद्वारा बरिष्ठ पत्रकार रोस्यारा र साहित्यकार भण्डारी सम्मानित

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया स्थित सत्यवती एकेडेमीले बरिष्ठ पत्रकार गोबिन्द राज रोस्यारा र बरिष्ठ साहित्यकार निर्मलकुमार भण्डारीलाई सम्मान गरेको छ ।

विद्यालयले आइतबार आयोजना गरेको अभिभावक दिवस तथा दोस्रो चरणको वार्षिकोत्सव कार्यक्रमका अवसरमा पत्रकारिता र साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बरिष्ठ पत्रकार रोस्यारालाई पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो भने बरिष्ठ साहित्यकार भण्डारीलाई साहित्यिक क्षेत्रमा दिएको योगदानका लागि सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालयकी प्राचार्य यशोदा ध्याडी कडायतले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई आगामी दिनहरूमा पनि सम्मान गर्दै जाने विद्यालयको योजना रहेको बताइन् ।

कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Loading...