पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा बदली र उच्च भूभागमा हिमपातको सम्भावना

काठमाडौं-  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा तुवाँलो लागेको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

Navadurga sun

आज दिउँसो तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम प्रायः सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने र देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...