चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- चोरी मुद्दामा कैद र जरिवानाको सजाय तोकिएका एक फरार प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१/११/२१ गतेको फैसलाअनुसार चोरी मुद्दामा ४ महिना ४ दिन कैद तथा रु. २ हजार जरिवाना तोकिएका बेलडाँडी गाउँपालिका–१ झरनासागर निवासी ३० वर्षीय मनोज सिंह कुवरलाई प्रहरीले पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको सिलसिलामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।३० गते कुवरलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका कुवरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...