कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित

कञ्चनपुर- कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित भएक छन । यस अघि वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

Ganyapdhura gau
Dadeldhura hospital

उद्योग वाणिज्य सङ्घ कञ्चनपुरको यही पुस १९ गते तोकिएको निर्वाचनमा अध्यक्ष पदमा मल्लको मात्रै उम्मेदवारी दर्ता भएसँगै उनी निर्विरोधरुपमा अध्यक्षमा चयन भएको मुख्य निर्वाचन अधिकृत पूर्णबहादुर चन्दले बताए । यसअघि युवा व्यवसायी मल्ल सङ्घको १४ र १५ औँ कार्य समितिमा दुई पटक सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका थिए। उनी १७ औँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष र १८ औँ कार्यसमितिको निर्वाचनमा अध्यक्षमा चयन भएका थिए ।

Navadurga sun
Godawari sandesh

यसैगरी, सङ्घको १८ औँ नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा दीपेन्द्रप्रकाश साउद, उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द, वाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहुल भट्ट र सचिवमा नरेन्द्रप्रसाद जोशी पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चन्दले बताए । यसैगरी, सङ्घको संस्थागत सदस्यतर्फ गजेन्द्रविक्रम थापा पनि निर्विरोध चयन भएका छन।

हाल कोषाध्यक्षका लागि व्यवसायीहरू, सिद्धराज भट्ट, प्रदीप पाल र मनोज भट्टले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्दले बताए । यसैगरी, सात जना सदस्यहरूका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । व्यवसायीहरूले कोषाध्यक्ष र सदस्यमा पनि सहमतिको प्रयास भइरहेको बताएका छन् । निर्वाचन कार्यक्रम अनुसार पुस ८ गते अन्तिम मतदाता नामावली प्रकाशित गरिएको थियो । सङ्घमा दुई हजार एक सय २१ मतदाता छन् ।

Couple
Loading...