डडेल्धुरामा कांग्रेस नेता कार्यकर्ता बीच झडप

डडेल्धरा, १७ असोज– काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा झडप भएको छ। काँग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा परी ६ जना घाइते भएका जनाएको छ ।

Dadeldhura hospital

भेलामा केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे सहभागी थिए । कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको जनाएको छ। झडपपछि पनि कार्यक्रम जारी रहेको छ।

Navadurga sun
Godawari sandesh

जिल्ला सभापति कर्ण मल्ल समूहले विरोध जनाए पनि वडा अधिवेशन र पालिका अधिवेशन भएपछि जिल्लामा काँग्रेसको विवाद बढ्दै गएको छ। मल्ल समूहले नै आमसभा आयोजना गरेको हो। उनीहरुले अधिवेशन फेरि हुनुपर्ने माग गरेका छन्। डडेल्धुरामा काँग्रेसको एक पक्ष निरन्तर आन्दोलित छ ।

Loading...