

कैलाली- जिल्ला अदालत कैलालीको फैसलाअनुसार विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना तोकिएका ९ जना फरार प्रतिवादी पक्राउ परेका छन्।



जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरेको हो। अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।


पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।