

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२, अत्तरिया स्थित सत्यवती एकेडेमीको आयोजनामा सञ्चालन भइरहेको प्रथम सत्यवती छात्र फुटबल कप २०८२ प्रतियोगिताको दोस्रो दिन आठ खेलहरू सम्पन्न भएका छन् ।



दोस्रो दिनको पहिलो खेलमा समैजी माध्यमिक विद्यालयले पुष्पाञ्जलि आवासीय माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्यो । दोस्रो खेलमा खप्तड विद्या निकेतनले रिज एकेडेमीलाई ५–१ को फराकिलो अन्तरले हराउँदै जित हात पार्यो ।


तेस्रो खेलमा बाल वाटिकाले एभरेष्टलाई ३–० ले पराजित गर्यो भने चौथो खेलमा आयोजक सत्यवती एकेडेमीले होलिल्याण्डलाई ६–० ले हराउँदै शानदार प्रदर्शन गर्यो ।
पाँचौँ खेलमा लोटस र गुरुकुलबीचको खेल टाइ–ब्रेकरमा पुगेको थियो, जसमा लोटस विजयी बन्यो । छैटौँ खेलमा बाल वाटिकाले दुर्गा भवानीलाई २–१ ले पराजित गर्यो । सातौँ खेलमा साधना पथले खप्तडलाई २–१ ले हरायो । त्यस्तै, आठौँ तथा अन्तिम खेलमा एरिस्टोले दुर्गा ज्योतिलाई १–० ले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गर्यो ।