चुरेमा तस्करीको लागि लुकाइएको काठ बरामद

धनगढी- तस्करी गर्नका लागि चिरान गरेर लुकाइएको काठलाई वनकर्मीको टोलीले बरामद गरेको छ। कैलालीको चुरे गाउँपालिका–५ मौरी गाउँस्थित सिस्नुको झाङमुनि लुकाइ राखेको अवस्थाबाट काठ बरामद गरिएको हो।

तस्करी गर्ने प्रयोजनले लुकाएर राखेको सालको २१० थान कडी र २३ थान फ्रेम गरी २३० घनफिट चिरान काठ बरामद गरिएको वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए। उनले अभियुक्तलाई पनि चाँडै पक्राउ गरेर कारबाही गरिने बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...