अत्तरियामा प्रथम सत्यवती छात्र फुटबल कप २०८२ सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सत्यवती एकेडेमीको आयोजनामा प्रथम “सत्यवती छात्र फुटबल कप २०८२” सोमबार देखि सुरु भएको छ ।

Dadeldhura hospital

कक्षा ६ भन्दा तलका विद्यार्थीहरू सहभागी हुने गरी आयोजना गरिएको प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन १४ विद्यालयका टिमबीच खेलहरू सञ्चालन भइरहेका छन् । उद्घाटन खेल आयोजक सत्यवती एकेडेमी र समैजी माध्यमिक विद्यालयबीच भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

जिल्ला कैलाली र कञ्चनपुरका गरी कुल २३ विद्यालयका टिमहरू प्रतियोगितामा सहभागी रहेका आयोजकले जनाएको छ । प्रतियोगिता नकआउट प्रणालीमा फिफा नियम अनुसार सञ्चालन भइरहेको साथै विद्यार्थीहरूमा फुटबलप्रतिको रुचि अभिवृद्धि गर्ने, शारीरिक तथा मानसिक विकासमा टेवा पु¥याउने तथा ग्याजेटप्रतिको अत्यधिक मोह र दुरुपयोग न्यून गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको सत्यवती एकेडेमीले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ । साथै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर तथा प्लेयर अफ दि टुर्नामेन्ट लाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेलहरू सत्यवती एकेडेमीको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

Loading...