सुदूरपश्चिम महोत्सवमा आज चक्र बमदेखि रचना रिमालसम्मको विशेष प्रस्तुति रहने

धनगढी- धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको सातौँ दिन आज राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति रहने भएको छ । महोत्सवमा लोकप्रिय गायक चक्र बमदेखि चर्चित गायिका रचना रिमालसम्मका कलाकारहरूले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

Dadeldhura hospital

आयोजक कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार आजको कार्यक्रममा चक्र बम र रचना रिमालसँगै गुड्डु ओली, रोहित ढुंगाना, निरज बी.के. तथा सरस्वती धामी लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ। कलाकारहरूले आधुनिक, लोक तथा देउडा गीत–संगीतमार्फत दर्शकलाई झुमाउने आयोजकको अपेक्षा छ ।

Navadurga sun
Godawari sandesh

महोत्सवले मनोरञ्जनसँगै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । प्रत्येक दिन फरक–फरक विधाका कलाकारको प्रस्तुति रहने भएकाले महोत्सव स्थलमा दर्शकको उल्लेख्य उपस्थिति देखिँदै आएको छ ।

मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न औद्योगिक, व्यापारिक तथा कृषि प्रदर्शनी, स्थानीय उत्पादनका स्टल, खानपान तथा बाल मनोरञ्जनका आकर्षणहरू समेत रहेका छन् । आयोजकले महोत्सव अवलोकन गरी कार्यक्रमको भरपुर मनोरञ्जन लिन सबैलाई आग्रह गरेको छ ।

Loading...