धनगढी उप–महानगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि स्क्रिनिङ्ग शिविर सञ्चालन

धनगढी- धनगढी उप–महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गर्ने उद्देश्यका साथ क्लस्टर अनुसार स्क्रिनिङ्ग शिविर सञ्चालन गरेको छ। शुक्रबार (मंसिर २५ गते) धनगढी–१९ फुलवारी स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा ३७ महिला, २५ पुरुष र ५ बालबालिकासहित जम्मा ६७ जनाले सेवा लिएका छन्।

मेयर गोपाल हमालका अनुसार, यो अभियान आर्थिक वर्ष २०७९/८० देखि निरन्तर सञ्चालन हुँदै आएको छ। उप–महानगरपालिकाले ह्विलचेयर, वाकर, ट्राइसाइकल, हियरिङ्ग एड लगायत आवश्यक सामग्री निःशुल्क प्रदान गर्दै आएको छ।

Navadurga sun

यस वर्षको शिविर श्रृंखला अनुसार, मंसिर २६ गते धनगढी–१६ उर्मा स्वास्थ्य चौकी, २८ गते वडा नं। १२ जुगेडा, २९ गते वडा नम्बर १३ कैलालीगाउँ शहरी स्वास्थ्य केन्द्र र पुस १ गते उप–महानगरपालिका प्राङ्गणमा शिविर सञ्चालन हुने जनाइएको छ। सबै शिविर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।

नगरप्रमुख हमालले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउन यस प्रकारका शिविरहरू निरन्तरता दिइने जानकारी दिएका छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...