सुदूरपश्चिम प्रदेशले द्वन्द्वपीडित तथा सहिद परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा आवेदन खुला

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले द्वन्द्वपीडित, बेपत्ता तथा सहिद परिवारहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आवेदन माग गरिएको जनाएको हो ।

Navadurga sun

मन्त्रालयका अनुसार नेपाल सरकार तथा स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भई चालू आर्थिक वर्षमा बीमा नवीकरण गरेका सुदूरपश्चिम प्रदेशभित्र स्थायी बसोबास गर्ने द्वन्द्वपीडित, बेपत्ता परिवार, सहिदका परिवार, जेनजी आन्दोलनका सहिद परिवार तथा आन्दोलनका घाइतेहरूलाई बीमा वापतको रकम सरकारले शोधभर्ना (रिफन्ड) गर्नेछ ।

उक्त समूहमा पर्ने इच्छुक तथा योग्य परिवारहरूले तोकिएको मापदण्डअनुसार दरखास्त पेश गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...