सत्यवती एकेडेमीद्वारा प्रथम सत्यवती छात्र फुटबल कप–२०८२ आयोजना हुने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न‌ं. २ मा रहेको सत्यवती एकेडेमीले कक्षा ६ सम्मका विद्यार्थी लक्षित प्रथम सत्यवती छात्र फुटबल कप–२०८२ आयोजना गर्ने भएको छ । विद्यालयले विद्यार्थीहरूमा फुटबल प्रतिभा पहिचान, खेलप्रति रुचि अभिवृद्धि तथा विद्युतीय उपकरणको दुरुपयोग न्यून गर्न उद्देश्य राखी प्रतियोगिता आयोजना गरिएको जानकारी दिएको छ ।

प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति २०८२ मंसिर २४ तय गरिएको छ । टाइसेट तथा ट्रफि सार्वजनिक कार्यक्रम मंसिर २७ गते हुनेछ भने मंसिर २९ गतेदेखि खेल बाँकी तालिका अनुसार सुरु हुनेछ । खेलहरू सत्यवती फुटबल मैदानमा सञ्चालन गरिनेछ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आयोजकका अनुसार प्रथम हुने टिमले रु २० हजार, ट्रफि तथा मेडल प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले रु १० हजार, ट्रफि तथा मेडल प्राप्त गर्नेछ । साथै प्रत्येक खेलमा प्लेयर अफ द म्याच घोषणाको व्यवस्था रहको छ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्लेयर अफ द टुर्नामेन्ट का रूपमा पनि विशेष विधागत पुरस्कार प्रदान गरिनेछ ।

खेल FIFA मापदण्डअनुसार १५–१५ मिनेटका हाफमा संचालन गरिनेछ र प्रतियोगिता नकआउट आधारमा हुनेछ । कक्षा ६ वा सोभन्दा तलका विद्यार्थी मात्र सहभागी हुन पाउनेछन् । प्रतियोगितामा खेल संयोजकको जिम्मा सन्तोष कार्कीलाई दिइएको छ ।

 

Loading...