राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुदूरपश्चिमको नयाँ नेतृत्व चयन, भिम बिष्ट अध्यक्ष

धनगढी- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । अधिवेशनबाट भिम बिष्ट अध्यक्षमा निर्वाचित भएका छन् ।

अधिवेशनले लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने, मौलिकता जोगाउने, स्रष्टाहरूको हक–हितका सवालमा प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Navadurga sun

सर्वसम्मत रूपमा चयन भएका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष प्रेम विवश चन्द, प्रथम उपाध्यक्ष सुरज शाह, द्वितीय उपाध्यक्ष लिलाधर भट्ट, महिला उपाध्यक्ष सरस्वती दाहाल, सचिव लोकप्रसाद खनाल (लोकेश), महिला सचिव सरिता कठायत, कोषाध्यक्ष नवीन साउद, सह–सचिव प्रभुराज पाण्डे, सह–कोषाध्यक्ष दुर्गादेवी सापकोटा तथा मनोनित सह–सचिव बल बोगटी रहेका छन् ।

त्यस्तै महिला सदस्यहरूमा शान्ति फुलारा, निर्मला पौडेल जोशी भण्डारी र कृष्णा सिराडी चयन भएका छन् । खुला सदस्यतर्फ रमेश सिंह भण्डारी, सुरेश चन्द, अनिता बिष्ट, गोपालबहादुर बुढा, भीमबहादुर बिष्ट, गौरी ओझा, गणेश सुनार, डबल ताडी र सुरेन्द्र ताम्राकार निर्वाचित भएका छन् ।

अधिवेशनमा सहभागी कलाकार, सर्जक तथा प्रतिनिधिहरूले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् । नवनिर्वाचित अध्यक्ष भिम बिष्टले सुदूरपश्चिमेली लोक संस्कृतिको पहिचानलाई राष्ट्रिय स्तरमा थप मजबुत बनाउने, प्रदेशभर छरिएका कलाकारलाई एकताबद्ध गर्दै नयाँ प्रतिभा खोजी र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...