राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्टता : राना मगरलाई सत्यवती एकेडेमीद्वारा एक वर्षको छात्रवृत्ति

अत्तरिया- अत्तरियाको सत्यवती एकेडेमीले गोदावरी नगरपालिका नगर स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ गोल्ड सहित सर्वाधिक पदक ल्याउने कक्षा ११ मा अध्यनरत विद्यार्थी दिशेक राना मगरलाई छात्रवृत्ति उपलब्ध गराएको छ ।

आईतबार एकेडेमीले सम्मान कार्यक्रम आयोजना गर्दै विद्यार्थी दिशेक राना मगरलाई सम्मान सहित पुरस्कृत गरी १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थी दिशेक राना मगरले प्रतियोगिताबाट १ स्वर्ण, ३ रजत र १ कास्य गरी ५ पदक एक्लै हासिल गर्न सफल भएका थिए । मगरले लङ्ग जम्पमा स्वर्ण, १०० मि, २०० मी दौड र ४०० मी रिलेमा रजत र १०० मी रिलेमा कास्य पदक हासिल गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

मगरलाई १० महिनाको छात्रवृत्ति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयबाट सर्वाधिक पदक हासिल गरेकोमा, आधा महिनाको फुटबल बाट प्राप्त गरेको र आगामी अतिरिक्त खेलबाट डेढ महिना थप गरी करिब १ वर्षको छात्रबृत्ति प्रदान गरिएको एकेडेमीले जनाएको छ ।

यस्तै एकेडेमीबाट प्रतियोगितामा सहभागी विद्यार्थी शुभम् कडालले हाइ जम्पमा स्वर्ण पदक हासिल गरेका थिए । विद्यार्थी बास्तब चौधरी उशु खेलबाट स्वर्ण पदक हासिल गर्न सफल भएका थिए ।

एकेडेमीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका स्वर्ण पदक विजेता विद्यार्थीलाई ३ महिना छात्रवृत्ति, रजत पदक विजेतालाई २ महिना छात्रवृत्ति र कास्य पदक विजेता विद्यार्थीलाई १महिना छात्रबृत्ति प्रदान गरिएको जनाएको छ ।

Loading...