सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’ गठन गर्न आग्रह गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय तहमा युवा परिचालन र युवा सरोकारका विषयमा काम गर्न र युवामैत्री शासनको प्रवर्द्धन गर्नका लागि स्थानीय युवा परिषद् गठन गर्न थालिएको बताए । उनले स्थानीय तहमा नै युवा जनशक्तिलाई जागरूक बनाउनका लागि स्थानीय तहमा युवा परिषद् गठन गर्न थालिएको बताए ।

Ganyapdhura gau
Dadhaldhura pur

उनका अनुसार ३६ वटा स्थानीय तहमा कार्यविधि बनाएर युवा परिषद् गठन गरिसकेका छन् । ‘सबै स्थानीय तहमा परिषद् गठन गर्नका लागि नमुना कार्यविधि बनाएर पठाएका छौँ । ती नमुनाका आधारमा कार्यविधि बनाएर स्थानीय तहमा परिषद् गठन हुनेछन्,’ उनले भने, ‘चाँडै नै पालिका अग्रसर भएर परिषद् गठन हुनेछन् ।’

Navadurga sun

परिषद्ले स्थानीय तह युवा परिषद् गठनका लागि ‘स्थानीय युवा परिषद् गठन, परिचालन र युवामैत्री शासन सहजीकरण सामग्री २०८२’ (नमुना), ‘युवामैत्री शासन २०८२’ र ‘स्थानीय तह युवा क्लब गठनसम्बन्धी निर्देशिका २०८२’ (नमुना) बनाएर सबै स्थानीय तहमा पठाएको छ ।

यस्तै बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेश युवा परिषद् गठन गरिएको छ । सरकारले युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद् गठन गरेको हो । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...