कैलाली बहुमुखीका सुभाषले ल्याए बीएससीमा ४ जीपीए, विश्वविद्यालयभर उत्कृष्ट विद्यार्थी घोषित

धनगढी- कैलाली बहुमुखीका क्याम्पसका सुभाष गिरीले बीएससीमाजीपीए ल्याएका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

कैलाली बहुमुखी क्याम्पसमा विज्ञान संकाय अन्तर्गत भौतिकशास्त्र विषयका छात्र सुभाष गिरीले बीएससीको आठौं सेमेस्टरमा ४ जीपीए हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेका हुन्।

Navadurga sun

नियमित, अनुशासित र अध्ययनशील विद्यार्थीका रूपमा चिनिने गिरीले यसअघि पनि विभिन्न सेमेस्टरहरूमा उच्च जीपीए हासिल गर्दै सुदूरपश्चिम विश्वविद्यालयमा आफ्नो शैक्षिक दक्षता प्रमाणित गर्दै आएका छन्। गिरी चैतन्य पाठशालामा अध्यापन गराउदै आएका छन्। उनको अनुशासित जीवनशैली, समय व्यवस्थापन र निरन्तर मेहनतकै परिणामस्वरूप उनले बीएससी कार्यक्रममा पूर्ण जीपीए (४.०) ल्याउन सफल भएका हुन्।

क्याम्पस प्रशासन र सुदूरपश्चिम विश्वविद्यालयले सुभाष गिरीको यस उपलब्धिलाई “अनुकरणीय र प्रेरणादायी सफलता” का रूपमा मूल्यांकन गर्दै उनलाई सम्मान व्यक्त गरेका छन्। क्याम्पसले गिरीको उपलब्धिले अन्य विद्यार्थीहरूलाई परिश्रम, समयपालन र अनुशासनप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...