डडेल्धुराको भागेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ। कार्तिक १८ गते वैकुण्ठ चतुर्दशीका दिन भागेश्वर मन्दिर धुरामा लाग्ने मेलाको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो।

गाउँपालिका कार्यालयले आईतबार एक सूचना जारी गर्दै गाउँकार्यपालिकाको निर्णय अनुसार मेलाको दिन सार्वजनिक बिदा दिईएको जनाएको छ।

Navadurga sun

सूचनाअनुसार सो दिन अत्यावश्यक सेवा बाहेक पालिका भित्र रहेका गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा मातहतका सबै कार्यालय तथा संघसंस्थामा सार्वजनिक बिदा रहनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...