भरतमोहन अधिकारीकी छोरी एकीकृत समाजवादीमा

काठमाडौं, ९ असोज– वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन्। लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट राजनीति गर्ने भएकी हुन्।

Dadeldhura hospital

पार्टीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ। लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवामा सक्रिय थिइन्। उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन्।

Navadurga sun
Godawari sandesh

अधिकारीले ठूलोबुबा (पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी) र बुवाले राजनीतिमार्फत् गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन्।

‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’, अधिकारीले भनिन्, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले राजनीतिमा हामीजस्ता युवाहरूको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ।’ लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन्।

Loading...